टुकुचा खोला खोज्दै कमलादी पुग्यो महानगरको डोजर « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

टुकुचा खोला खोज्दै कमलादी पुग्यो महानगरको डोजर


१ आश्विन २०७९, शनिबार


काठमाडौँ । अवैध संरचना हटाउने अभियानअन्तर्गत काठमाडौँ महानगरपालिकाले कमलादीस्थित लक्ष्मी बैङ्क नजिकै खोतल्दा टुकुचा खोला भेटाएको छ ।

डोजर लगाएर शनिबार खोतल्दा १०/१२ फिट तल टुकुचा खोला भेटिएको महानगरले जनाएको छ । यसअघि जय नेपाल हलको कम्पाउन्डभित्र उत्खनन गर्दा टुकुचा खोला फेला परेको थियो ।

केही समय पहिले खोलाको बहाव क्षेत्र पत्ता लगाउन महानगरले सूचना जारी पनि गरेको थियो । महानगरले यसअघि बानेश्वर, सुन्धारा, रत्नपार्क, भोटाहिटीलगायत ठाउँका अवैध संरचनामा डोजर चलाइसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस