चोलेन्द्रको सबै बयान सकियो, प्रतिवेदन पेश गर्न ३ बजे महाभियोग सिफारिस समितिको ब‍ैठक बस्ने « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

चोलेन्द्रको सबै बयान सकियो, प्रतिवेदन पेश गर्न ३ बजे महाभियोग सिफारिस समितिको ब‍ैठक बस्ने


१ आश्विन २०७९, शनिबार


काठमाडौँ । प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सबै बयान सकेको छ ।

शनिबार यसअघि लिएको बयानको लिखित रुपमा हस्ताक्षर गराउनुका साथै पूरक प्रश्नको जवाफ लिएपछि उनीसँगको बयान सकिएको हो ।

बयानको अन्तिम निष्कर्ष र प्रतिवेदन तयार गर्न दिउँसो ३ बजे पुन : बैठक बस्ने छ। ३ बजे महाभियोग सिफारिस समितिको ब‍ैठकले संसदीय सचिवालयमा निर्णयार्थ पेश गर्ने तयारी गरेको छ।

शनिबार नै प्रतिनिधिसभाको कार्यकाल समाप्त हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस