चोलेन्द्रलाई आज बाँकी बयानमा हस्ताक्षर गराएर पुरक प्रश्न सोध्ने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चोलेन्द्रलाई आज बाँकी बयानमा हस्ताक्षर गराएर पुरक प्रश्न सोध्ने


१ आश्विन २०७९, शनिबार


काठमाडौँ । महाभियोग लागेका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको अन्तिम बयान जारी छ । शनिवार बिहान ९ बजेदेखि संसद सचिवालय सिंहदरबारमा महाभियोग सिफारिस समितिको बैठकमा राणा सहभागी छन् ।

बैठकमा जबरालाई बाँकी बयानमा हस्ताक्षर गराएर पुरक प्रश्न सोधिने समितिको तयारी छ ।

जबराको बयान १७४ पृष्ठ लिखत भएको छ । शुक्रबार ६५ पृष्ठमा हस्ताक्षर भएको थियो । बाँकी पृष्ठमा आज शनिबार हस्ताक्षर गराउने तय भएको छ ।

हस्ताक्षर सकिएपछि आजै पुरक प्रश्न सोध्ने तयारी छ । अहिले समितिको बैठक जारी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस