आमाको हत्या आरोपमा छोरा पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आमाको हत्या आरोपमा छोरा पक्राउ


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । आमाको हत्या गरेको आरोपमा प्रहरीले छोरालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषा सबैला नगरपालिका-५ मखनाहा बस्ने २५ वर्षीय मनोज मण्डल रहेका छन् ।

उनले  मादक पदार्थ सेवन गरी कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

पक्राउ परका उनीमाथि ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) मा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस