१७३ पेज मध्ये चोलेन्द्रले दिनभरिमा आफ्नो बयानका ६५ पेजमा गरे हस्ताक्षर  « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

१७३ पेज मध्ये चोलेन्द्रले दिनभरिमा आफ्नो बयानका ६५ पेजमा गरे हस्ताक्षर 


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले महाअभियोग सिफारिस समितिमा दिएको बयानमा हस्ताक्षर गर्दा गर्दै आजको बैठक सकिएको छ। 

बैठकमा उनले दिएको बयान लिखितमा उतार्दा १७३ पेज पुगेको छ। ती सबै पेजमा उनले हस्ताक्षर गर्नुपर्ने हुन्छ।

आज दिनभरि चोलेन्द्रशमशेरले ६५ पेजमा हस्ताक्षर गरेको समितिका सचिव तथा प्रवक्ता लक्ष्मीप्रसाद गौतमले जानकारी दिए।

अब भोलि बिहान साढे ८ बजेपछि फेरि समिति बैठक बस्नेछ। बाँकी पेजमा उनले भोलि हस्ताक्षर गर्ने छन्। लिखित बयान रुजु गरेर मात्र उनले हस्ताक्षर गर्ने गरेका छन्। 

उनीविरूद्ध महाअभियोगमाथि प्रतिवेदन लेख्ने काम पनि समितिले सँगसँगै गरिरहेको गौतमले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस