ललितपुर प्रहरीको दसैँ सुरक्षा योजना : लुटेरालाई गोली चलाउन आदेश ! « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

ललितपुर प्रहरीको दसैँ सुरक्षा योजना : लुटेरालाई गोली चलाउन आदेश !


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । जिल्ला प्रहरी परिसर ललितपुरले दसैँ र तिहार लगायत चाडपर्व केन्द्रित सुरक्षा योजना लागू गरेको छ । चोरी, लुटपाट, जुवा, झैँ-झगडा र सवारी टिकटमा हुनसक्ने कृतिम अभाव नियन्त्रण गर्न विशेष योजना लागू गरिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । 

चाडपर्वको सुरक्षामा एक सिफ्टमा १५ सय प्रहरी परिचालन गर्ने गरी ललितपुर प्रहरीले सुरक्षा योजना बनाएको छ । बैङ्क तथा वित्तीय संस्था, किनमेल गर्ने ठाउँ, सुनचाँदी पसल र मानिस जमघट हुने ठाउँमा लुटपाट नियन्त्रण गर्न प्रहरी टोली परिचालन गरिएको छ । सादा पोसाकमा खटिएका प्रहरीले लुटपाट गर्ने समूहबारे निगरानी गर्छन् । लुटपाट गरेर भागेमा उनीहरूलाई छेकबार गर्न मोटरसाइकलमा क्विक रेस्पोन्स टिम खटिएका हुन्छन् ।

लुटपाट नियन्त्रणमा खटिएका प्रहरीले गोली चलाउन सक्छन् । 

प्रहरीले कालोबजारी सिर्जना गर्न सक्ने व्यापारिक घरानामाथि पनि निगरानी बढाएको छ । लगनखेल, सातदोबाटो, मंगलबजार, सानेपा र बालकुमारी लगायतका ठाउँमा प्रहरीले निगरानी सुरु गरेको हो । चाडपर्वमा ३ तहको सुरक्षा घेरा बनाउने गरी विशेष सुरक्षा योजना लागू गरिएको ललितपुरका एसएसपी यज्ञ विनोद पोखरेलले बताए । 

चक्रपथ भित्रको घना बस्ती भएको ठाउँ, त्योभन्दा बाहिरको क्षेत्र तथा ललितपुर जिल्लामा भित्रिने र बाहिरिने नाकामा प्रहरीले सुरक्षा घेरा बनाउने भएको छ । नाकामा हुने चेकजाँच, रातिको समयमा हुने चेकजाँच र होटेलमा अवाञ्छित गतिविधि गर्नेहरू माथिको चेकजाँचमा कडाइ गरिने एसएसपी पोखरेलले जानकारी दिए ।

यस्तै दसैँ र तिहारमा मानिसहरू घर छाडेर आफ्नो पुर्ख्यौली थातथलो फर्कने गर्छन् । त्यस्ता घरहरूमा चोरी हुनसक्ने आङ्कलन गर्दै प्रहरीले विशेष निगरानी गर्ने भएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस