डेङ्गु सङ्क्रमितका लागि काठमाडौँ महानगरद्वारा २४ घण्टे हटलाइन सेवा सुरु « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

डेङ्गु सङ्क्रमितका लागि काठमाडौँ महानगरद्वारा २४ घण्टे हटलाइन सेवा सुरु


३१ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेङ्गु सङ्क्रमितका लागि २४ घण्टे हटलाइन सेवा सुरु गरेको छ ।

महानगरका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत डेङ्गु भएको शङ्का लागेमा ११८० नम्बरमा फोन गरी स्वास्थ्यकर्मीबाट परामर्श लिन सकिने बताएका छन् ।

सङ्क्रमितले आवश्यक भएमा १०२ नम्बरमा फोन गरेर नि:शुल्क एम्बुलेन्स सेवा समेत लिन सक्ने उनले बताए । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर डेङ्गुको सङ्क्रमण तीव्र फैलिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस