श्रमिकको हित हुने डिमाण्ड मात्रै स्वीकृत गर्न श्रममन्त्री कुँवरको निर्देशन « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

श्रमिकको हित हुने डिमाण्ड मात्रै स्वीकृत गर्न श्रममन्त्री कुँवरको निर्देशन


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले कुनै पनि देशले दिने डिमाण्ड जस्ताको त्यस्तै स्वीकृत नगर्न श्रम सहचारी र काउन्सिलरलाई अनुरोध गरेका छन् ।  

बिहीबार ९ वटा देशका श्रम सहचारी र काउन्सिलरसँग मन्त्रालयमा भएको भर्चुअल बैठकमा बोल्दै उनले डिमाण्ड आयो भन्दैमा  स्वीकृत नदिन आग्रह गरेका हुन् ।  

मन्त्री कुँवरले उनीहरूलाई डिमाण्ड ल्याएर आएपछि राम्रोसँग बुझेर देश र श्रमिकको हित हुने खालको छ भने मात्रै स्वीकृत दिनुपर्ने  बताए ।  उनले कसैको दबाब र धम्कीको आधारमा डिमाण्ड स्वीकृत नगर्न पनि उनीहरूलाई आग्रह गरे ।  

डर, धम्की दिने व्यवसायीहरूसँग आफूले कुराकानी गर्ने पनि मन्त्री कुँवरले बताए । उनले श्रम सहचारी र काउन्सिलरलाई देशको प्रतिनिधित्व गर्न सरकारले पठाएकाले आफ्नो भूमिका अनुसार काम गर्न निर्देशन दिए ।  

Tags :
प्रतिक्रिया दिनुहोस