डेंगु संक्रमितलाई परामर्श दिन काठमाडौँ महानगरद्वारा २४ घण्टे हटलाइन सुरु « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

डेंगु संक्रमितलाई परामर्श दिन काठमाडौँ महानगरद्वारा २४ घण्टे हटलाइन सुरु


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले डेंगु सङ्क्रमितका लागि स्वास्थ्य परामर्श दिन २४ घण्टे हटलाइन सुरु गरेको छ ।

संक्रमित भए वा भएको शङ्का लागेमा ११८० मा कल गरेर स्वास्थ्यकर्मीहरूसँग परामर्श लिन सक्ने व्यवस्था मिलाएको महानगरका मेयर बालेन साहले जानकारी दिएका छन् ।

उनले आवश्यक भएमा १०२ मा कल गरेर महानगरको निःशुल्क एम्बुलेन्स सेवा लिन सक्ने पनि बताएका छन् ।

डेंगु जसरी समुदायमा फैलाएको छ, त्यसको रोकथाम र नियन्त्रणका लागि अत्यधिक सचेतना र क्रियाशीलताको आवश्यकता भएको भन्दै मेयर बालेनले डेंगु विरुद्धमा टोल टोल वा सामूदायीकरुपमा नै सक्रिय भएर लाग्न पनि अपिल गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस