जबराले बदनाम गरे, कानुनी उपचार खोज्छु : अधिवक्ता अर्याल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जबराले बदनाम गरे, कानुनी उपचार खोज्छु : अधिवक्ता अर्याल


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध न्यायिक बाटो रोज्ने बताएका छन् । बिहीबार महाभियोग सिफारिस समितिको बैठकमा बयान दिने क्रममा अभिवक्ता अर्यालले जबराबाट आफ्नो बदनाम भएकाले कानुनी उपचारको बाटो खुला गर्न समितिलाई आग्रह गरे । 

जबराले आफ्नो सफाइभन्दा पनि अरूको बदनाम गर्नमा समय खर्चिएको उनको आरोप छ । 

बयानका क्रममा जबराले ओमप्रकाश अर्यालले श्रीमती पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन आफ्नो विरोध गरेको बताएका थिए । त्यसले आफ्नो मानहानि भएको पुनदेवीको गुनासो पनि उनले सुनाएका थिए ।

जवाफमा अर्यालले जबराले पटकथा रचेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस