जबराले पैसामा बिकेर फैसला गर्ने गरेको शम्भु थापाको आरोप « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

जबराले पैसामा बिकेर फैसला गर्ने गरेको शम्भु थापाको आरोप


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पैसामा बिकेर फैसला गर्ने आरोप लगाएका छन् । 

प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिले कानुन व्यवसायीहरूसँग गरेको छलफलमा बोल्दै उनले रञ्जन कोइरालाको मुद्दाको विषयमा जबराले गरेको फैसलामा पैसाको चलखेल भएको बताए । 

छलफलमा विचार राख्दै अधिवक्ता थापाले जबरा महाअभियोगबाट बच्नका लागि नेकपा (एमाले)को चाकडीमा लागेको आरोपसमेत लगाए । 

वरिष्ठ अधिवक्ता थापाले जबरा चलखेलबाटै न्यायाधीश बन्न सफल भएको उल्लेख गरे । साथै, म्यारिजलाई जुवा हैन भनेर फैसला गर्ने जबरा भ्रष्टचारी भएको आरोप उनको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस