एक महिनाको मूल्य वृद्धि पुग्यो ८.२६ प्रतिशत « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एक महिनाको मूल्य वृद्धि पुग्यो ८.२६ प्रतिशत


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को पहिलो महिनामा (साउन) मूल्य वृद्धि ८.२६ प्रतिशत भएको प्रतिवेदन नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको छ ।

अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.३५ प्रतिशत रहेको थियो । खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.११ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ९.१८ प्रतिशत रहेको छ ।

२०७८ साउन महिनाको तुलनामा २०७९ साउन महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, फलफूल, रेस्टुरेन्ट तथा होटेल, मदिराजन्य पेय पदार्थ र दुग्ध पदार्थ तथा अण्डा उपसमूहको मूल्यवृद्धि क्रमशः १९.५८ प्रतिशत, १८.७९ प्रतिशत, ११.८४ प्रतिशत, १०.२४ प्रतिशत र .प्रतिशत रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस