अब बैङ्कहरू आफैले ब्याजदर तोक्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

अब बैङ्कहरू आफैले ब्याजदर तोक्ने


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । आगामी असोज १ गतेदेखि बैङ्कहरूले आफैले ब्याजदर तोक्ने भएका छन् । नेपाल बैंकर्स सङ्घको बिहीबारको बैठकले ब्याजदर निर्धारणको अधिकार बजारलाई नै छाड्ने निर्णय गरेको हो ।

वाणिज्य बैङ्कहरूको ब्याजदर निर्धारणको अधिकार बजारलाई नै छाडिदिने निर्णय भएको बैंकर्स सङ्घका प्रमुख कार्यकारी अधिकृत (सिइओ)अनिल शर्माले जानकारी दिए । यसअघि वाणिज्य बैङ्कहरूको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले भद्र सहमति गर्दै ब्याजदर तोक्ने गरेका थिए ।

करिब ७ महिनादेखि सङ्घको निर्णयमा मात्र ब्याजदर निर्धारण गर्दै आएका बैङ्कहरूले अब आफूखुसी ब्याजदर तोक्न पाउने भएपछि हालको ब्याजदरमा केही प्रतिशत बढ्न सक्ने देखिएको छ । यस्तो ब्याजदर कम्तिमा १ प्रतिशतदेखि १.५ प्रतिशतसम्मले बढ्न सक्ने माछापुच्छ्रे बैङ्कका सिइओ सन्तोष कोइरालाले बताए ।

हाल वाणिज्य बैङ्कहरूबिचको भद्र सहमतिमा निक्षेपको ब्याजदर अधिकतम ११.०३ प्रतिशत कायम रहेको छ । तर, असोजका लागि ब्याजदर निर्धारणको स्वः निर्णय बैङ्कहरूलाई नै दिने भएपनि कम्तिमा १.५ प्रतिशतले ब्याजदर बढ्न सक्ने देखिएको छ ।

यसअघि बजारमा तरलता अभावकाबीच निक्षेप आकर्षण गर्न बैङ्कहरूले प्रतिस्पर्धामा ब्याज अफर गर्न थालेपछि नियामक राष्ट्र बैङ्कले अंकुश लगाएको थियो । महिनामा एक पटक १० प्रतिशत भन्दा बढीले ब्याजदर थप घट गर्न नपाइने नियम लागू गरेकोमा वाणिज्य बैङ्कहरूको छाता सङ्गठन, नेपाल बैंकर्स सङ्घले समेत भद्र सहमति कायम गर्दै ११.०३ प्रतिशत ब्याजदर कायम गर्दै आएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस