फुटपाथ व्यवसायीले घेरे महानगरको कार्यालय « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

फुटपाथ व्यवसायीले घेरे महानगरको कार्यालय


३० भाद्र २०७९, बिहिबार


काठमाडौँ । फुटपाथ व्यवसायीहरूले काठमाडौँ महानगरपालिकाको कार्यालय घेराउ गरेका छन्। नेपाल स्वरोजगार व्यापार श्रमिक सङ्घ बागमती प्रदेश कमिटीको नेतृत्वमा फुटपाथ व्यवसायीले महानगर कार्यालय घेराउ गरेका हुन्।

कुनै विकल्प नदिई पूर्व सूचनाबिना आफूहरूलाई हटाएर महानगरले दमन गरेको उनीहरूले बताएका छन्। काठमाडौँ महानगरपालिकाले फुटपाथ व्यवसायलाई हटाउन थालेपछि व्यवसायीहरूले महानगरविरुद्ध आन्दोलन गरेका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस