बाल प्रज्ञा-प्रतिष्ठान स्थापना गर्नुपर्छ : राष्ट्रपति भण्डारी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बाल प्रज्ञा-प्रतिष्ठान स्थापना गर्नुपर्छ : राष्ट्रपति भण्डारी


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बालसाहित्यको जगेर्ना गर्नका लागि बाल प्रज्ञा-प्रतिष्ठान स्थापना गर्नुपर्ने बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासका ५८ औँ राष्ट्रिय बाल दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले बाल साहित्यसम्बन्धी छुट्टै बाल प्रज्ञा-प्रतिष्ठान बनाउने प्रक्रिया अघि बढाइएको जानकारी दिइन् । 

राष्ट्रपति भण्डारीले बाल प्रज्ञा-प्रतिष्ठान स्थापनका लागि नेपाल बाल सङ्गठनलगायत बालबालिकाका क्षेत्रमा काम गर्नेसँग छलफल भइरहेको उल्लेख गरिन् । आफ्नो कार्यक्षेत्रअनुसार बालबालिकाको क्षमता अभिवृद्धिमा सबैले ध्यान दिनुपर्ने उनको भनाइ छ । 

उनले बालबालिकामा भएको सिर्जनालाई व्यवहारमा प्रयोग गर्न सहयोग गर्नुपर्नेसमेत बताइन् । कार्यक्रममा राष्ट्रपति भण्डारीले बालबालिकाले प्रस्तुत गरेका साहित्य सिर्जना हेरेकी थिइन् । उनले आज केही बालबालिकाले प्रस्तुति गर्न नपाएको भन्दै अर्को पटक राम्रो तयारी गरेर उत्कृष्ट प्रस्तुति गर्न आग्रह गरिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस