टी-२० लिग चुनावपछि सार्न क्यानलाई गृह मन्त्रालयको आग्रह « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

टी-२० लिग चुनावपछि सार्न क्यानलाई गृह मन्त्रालयको आग्रह


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । असोज ८ देखि कात्तिक ५ गतेसम्म हुने तय भएको पहिलो संस्करणको नेपाल टी-२० लिग चुनावअघि नगर्न नेपाल क्रिकेट सङ्घ (क्यान) लाई गृह मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयले क्यानलाई बुधबार एक पत्र लेखेर चुनावका कारण खेलाडीहरूको सुरक्षा व्यवस्थामा कठिनाइ हुन सक्ने भन्दै चुनावपछि मात्र प्रतियोगिता गर्न भनेको हो ।

‘नेपाल टी(२० लिग क्रिकेट प्रतियोगिताको लागि क्रिकेट मैदान तथा खेलाडीहरूको बसोबास गर्ने होटेलमा आवश्यक सुरक्षा व्यवस्थाको लागि अनुरोध भई आएकोमा आगामी प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका विभिन्न कार्यक्रमहरू हुने भएको हुँदा सो निर्वाचन पश्चात् उक्त कार्यक्रमको व्यवस्थापन गर्न हुन आदेशअनुसार अनुरोध छ’ मन्त्रालयका शाखा अधिकृत विष्णुहरि तिमल्सेनाले क्यानलाई लेखेको पत्रमा भनिएको छ ।

लिग सुरु हुनु १० दिन मात्र बाँकी रहेका बेला गृह मन्त्रालयले सुरक्षाको कारण देखाएर पछि सार्न आग्रह गरेपछि प्रतियोगिता अन्योलमा परेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस