हिमाल आरोहणबाट ५ करोड ३२ लाख राजस्व सङ्कलन « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

हिमाल आरोहणबाट ५ करोड ३२ लाख राजस्व सङ्कलन


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । सन् २०२२ को साढे ९ महिनाको अवधिमा विभिन्न हिमाल आरोहण शुल्क बापत सरकारले ५ करोड ३२ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

नेपाल पर्यटन विभागका अनुसार जनवरी १ देखि सेप्टेम्बर १४ सम्ममा हिमाल आरोहण शुल्क ९रोयल्टी० बापत ४ लाख १८ हजार ७५ अमेरिकी डलर अर्थात् ५ करोड ३२ लाख २७ हजार हजार ५९२ रुपैयाँ सङ्कलन भएको हो । 

समीक्षा अवधिमा विभिन्न ८ वटा हिमाल गरी ४८ समूहमा कुल ४५४ जनाले हिमाल आरोहणको अनुमति लिएको विभागको भनाइ छ । जसमध्ये ३४४ पुरुष र ११० महिला रहेका थिए ।

आरोहीहरूले माउन्ट धौलागिरि, गन्चेबो, माउन्ट हिमलुङ, कुम्भकर्ण, मनास्लु, नुप्से, सगरमाथा र माउन्ट सर्बुङ्गका लागि अनुमति लिएका थिए । विभिन्न ६० मुलुकहरूबाट आरोहीहरू नेपाल आएको विभागको भनाइ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस