पत्रकारका लागि काउन्सिलको निःशुल्क स्वास्थ्य शिविर  « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पत्रकारका लागि काउन्सिलको निःशुल्क स्वास्थ्य शिविर 


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकारहरूका लागि निःशुल्क बृहत् स्वास्थ्य शिविर गर्ने भएको छ । 

५३औँ वार्षिकोत्सवको अवसर पारेर असोज २ गते सञ्चारग्रामस्थित काउन्सिलको प्राङ्गणमा शिविर सञ्चालन गर्न लागेको हो। बिहान ९:३० देखि अपराह्न ४ बजेसम्म शिविर सञ्चालन हुने वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

शिविरमा सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजको स्वास्थ्य विशेषज्ञको टोलीबाट जनरल मेडिसिन, स्त्री रोग, शल्यक्रिया सर्जरी, हाडजोर्नी तथा नशा, छाला रोग, नाक, कान, घाँटी, आँखा रोग, दन्त रोग र बाल रोगको परीक्षण हुनेछ । साथै ल्याब, इसिजी, अल्ट्रासाउन्डसहितको सेवा उपलब्ध हुनेछ । 

विज्ञप्ति !

Tags :
प्रतिक्रिया दिनुहोस