राष्ट्रपति भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणिकरण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रपति भण्डारीद्वारा ६ वटा विधेयक प्रमाणिकरण


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न विषयका ६ वटा विधेयक प्रमाणिकरण गरेकी छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयले पठाएको पत्र पढेर सुनाउँदै सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति भण्डारीले विभिन्न ६ वटा विधेयक पमाणिकरण गरेको जानकारी दिए ।

प्रमाणिकरण हुने विधेयकमा खानेपानी तथा सरसफाइ ऐन २०७९(तथ्यांकसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, स्ट्यान्डर्ड नाप र तौल ऐन-२०२५ लाई संशोधन गर्न बनेको विधेयक, प्रत्यायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सार्वजनिक पदधारण गर्ने व्यक्तिको शपथ व्यवस्था गर्न बनेको विधेयक र योगमाया आयुर्वेद विश्वविद्यालयको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छन्।

संघीय संसद्‍को दुवै सदनबाट पारित भई राष्ट्रपति भण्डारी समक्ष पठाइएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणिकरण गरिएको राष्ट्रपति कार्यालयले पठाएको पत्रमा उल्लेख गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस