महानगरविरुद्ध फुटपाथ व्यवसायीले भोलि प्रदर्शन गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

महानगरविरुद्ध फुटपाथ व्यवसायीले भोलि प्रदर्शन गर्ने


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार सङ्घले आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो ।

सङ्घका अनुसार प्रदर्शनका लागि साना व्यवसायीहरू बिहीबार बिहान ११ बजे सुन्धारामा जम्मा हुने र भद्रकाली हुँदै उनीहरू महानगर कार्यालय परिसरमा पुग्ने छन् ।

जिविकोपार्जनका लागि फुटपाथ र ठेला व्यवसाय गरिरहेकाहरूलाई महानगरले व्यवस्थापन भन्दा पनि विस्थापन मात्रै गर्न खोजेको भन्दै आन्दोलन गर्ने सङ्घले जनाएको छ ।

महानगरले फुटपाथ र साना व्यवसायीहरूलाई विना सूचना निर्मम ढङ्गले लखेट्न खोजेको भन्दै सङ्घले आन्दोलन गर्ने भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस