२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बाल अधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील : मुख्यमन्त्री शाही

अ+ अ-

कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीले बाल अधिकार संरक्षणमा प्रदेश सरकार संवेदनशील रहेको बताएका छन् । 

‘बालमैत्री समाजको आधार, जिम्मेवार परिवार, उत्तरदायी सरकार’ भन्ने मूल नाराका साथ देशैभरि विभिन्न कार्यक्रम भइरहेका बेला ‘राष्ट्रिय बाल दिवस, २०७९’ का अवसरमा बालबालिकालाई बधाई तथा शुभकामना दिँदै उनले कर्णालीमा बालबालिकाको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा महत्त्वपूर्ण काम भएको बताएका हुन् । 

आज एक शुभकामना सन्देश जारी गर्दै उनले भनेका छन्, ‘बाल अधिकार सुनिश्चित तथा संवर्द्धन गर्न कर्णाली सरकारले ‘बैङ्क खाता छोरीको सुरक्षा जीवनभरिको’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । यसअन्तर्गत यहाँका २० हजार छोरी लाभान्वित हुँदै आएका छन्, त्यस्तै विद्यालय तथा समुदाय स्तरमा मनोसामाजिक परामर्श कार्यक्रम पनि सञ्चालन गरिएको छ ।’

मुख्यमन्त्रीसँग बालबालिका, विपन्न तथा जोखिममा रहेका बालबालिका सहयोग, सडक बालबालिका उद्धार तथा पुनः स्थापना, विपन्न तथा जेहेन्दार छात्रवृत्ति, विद्यालय नर्स कार्यक्रमसमेत सञ्चालन गरिएको बताउँदै उनले प्रदेश बाल अधिकार समिति गठन प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएका छन् । 

नेपालले संयुक्त राष्ट्र सङ्घीय बाल अधिकारसम्बन्धी महासन्धि अनुमोदन गरी बालबालिकाको विकास, संरक्षण र सहभागिता जस्ता विषयमा प्रतिबद्धता प्रकट गरेको दिन मात्र नभई प्रदेश सरकार सदैव बाल अधिकार सुनिश्चित गर्न कटिबद्ध रहेको मुख्यमन्त्री शाहीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस