महानगरले महाबौद्धको अतिक्रमण क्षेत्र हटाउँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

महानगरले महाबौद्धको अतिक्रमण क्षेत्र हटाउँदै


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महाबौद्ध क्षेत्रमा सार्वजनिक स्थान, फुटपाथ क्षेत्रमा ओगटेर बसेका मिनी मार्केट हटाउन थालेको छ ।

महाबौद्ध आसपासमा रहेका होलसेल पसलहरू, चाइनिज मार्केट, मिनी मार्केटहरूले अनधिकृत रूपमा सार्वजनिक जग्गामा व्यवसाय गर्दै आएको पाइएको महानगर प्रहरी प्रमुख राजु पाण्डेले बताए । अनधिकृत रूपमा सञ्चालित बजारलाई महानगर प्रहरीमार्फत माइकिङ गरेर हट्न निर्देशन दिइएको पाण्डेले बताए ।

भोलि (बिहीबार) सम्ममा नहटाए नगर प्रहरीले सामान नै जफत गरेर कारबाही गर्ने तयारी गरेको छ । ‘हामीले आजै हटाउन लगाउँछौँ, नमाने सम्झाउने, बुझाउने गर्छौ तर भोलिसम्म हटाएन भने नगर प्रहरीको टोलीले कारबाही गर्छ,’ पाण्डेले भने ।

केही व्यवसायीले सार्वजनिक स्थानमा राखेका पसल आफैले हटाएका छन् भने केहीलाई महानगरले हटाउन दबाब दिइरहेको छ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचनाहरू, नक्सा विपरीत प्रयोग भएका वेसमेन्टहरु, मापदण्ड विपरीत होर्डिङ बोर्डहरू हटाउँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस