अस्पतालका कर्मचारी कुट्ने व्यक्ति पक्राउ « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

अस्पतालका कर्मचारी कुट्ने व्यक्ति पक्राउ


२९ भाद्र २०७९, बुधबार


पक्राउ

सङ्खुवासभा । जिल्ला अस्पतालमा कार्यरत दुई जना कर्मचारीलाई हातपात गरेको आरोपमा एक जना पक्राउ परेका छन्। अस्पतालका कर्मचारी माथि हातपात गरेको आरोपमा हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रशासन प्रमुख दिपेश श्रेष्ठलाई नियन्त्रणमा लिइएको रहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

डिएसपी वीरेन्द्र गोदारका अनुसार श्रेष्ठलाई बुधबार बिहान नियन्त्रणमा लिएको छ। हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रशासन प्रमुख श्रेष्ठले मङ्गलवार साँझ साढे ७ बजे अस्पतालकै क्वाटरमा बसिरहेको अवस्थामा अस्पतालका फार्मेसी इन्चार्ज धिरज रौनियार र अस्पतालका सूचना अधिकारी समेत रहेका मेडिकल रेकर्डर सुपरभाइजर शेखर खत्रीलाई हातपात गरेका थिए।

श्रेष्ठले मङ्गलवार साँझ खान खाई सकेर क्वाटरमा बसिरहेको अवस्थामा फार्मेसी इन्चार्ज रौनियार र सूचना अधिकारी र खत्रीलाई हातपात गरेको डिएसपी गोदारले बताए।

पीडित कर्मचारीले मङ्गलवार राती नै निवेदन दिएका थिए। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। हेल्थ असिस्टेन्ट तथा निवर्तमान प्रशासन प्रमुख श्रेष्ठ खाँदबारी नगरपालिका-१ स्थित प्रहरी गेटका स्थायी बासिन्दा हुन्। विगत ३ वर्षदेखि उनी प्रशासन प्रमुख पदमा रहेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस