१२ राजनीतिक दलहरुसँग छलफल गर्दै आयोग « प्रशासन
Logo २० जेष्ठ २०८१, आइतबार
   

१२ राजनीतिक दलहरुसँग छलफल गर्दै आयोग


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । निर्वाचन आयोगले राजनीतिक दलहरुसँग छलफल गर्दै छ।

आगामी प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचनमा समानुपातिक तर्फ प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलसँग आयोगले छलफल गर्न लागेको हो। आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचन आचारसंहिताबारे छलफल गर्न दलहरुलाई बोलाइएको जानकारी दिए।

उनका अनुसार आज मध्यान्ह १२ बजे दलहरुलाई बोलाइएको छ। आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरिसकेको छ। आचारसंहिता अनुसार प्रधानमन्त्री र मन्त्रीहरुले चुनाव प्रचार गर्न पाउने छैनन्।

प्रकाशित निर्वाचन आचारसंहितामा कुनै पनि मन्त्री र स्थानीय तहका जनप्रतिनिधिहरु राजनीतिक दलको मुख्य प्रचारक र प्रचारक भई खटिन नपाउने व्यवस्था छ।आयोगले यही असोज १ गतेदेखि आचारसंहिता लागू गर्ने तयारी गरेको छ। आयोगले यसअघि पनि दलका प्रतिनिधिसँग छलफल गरिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस