आज पनि काठमाडौँका सडक दिनभर प्रभावित हुने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आज पनि काठमाडौँका सडक दिनभर प्रभावित हुने


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । नेपाल भ्रमणमा रहेका चिनियाँ जनकंग्रेस अध्यक्ष तथा सभामुख ली चान्सुले बुधबार पनि उच्चस्तरीय भेटवार्तालाई निरन्तरता दिने भएका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई दिउँसो साढे ३ बजे भेट्ने कार्यक्रम रहेको चान्शु नेतृत्वको टोलीले त्यसअघि भक्तपुर दरबार अवलोकनको कार्यक्रम रहेको छ।

उच्चस्तरीय भेटवार्ता र भ्रमणमा निस्कने बेला राजधानीको सवारी आगमन दिनभरजसो प्रभावित हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ।

कार्यालयले भिआइपी सवारीको कारण आज काठमाडौँको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रुट प्रयोग गर्न आग्रह गरेको छ।

आज बिहान ९ बजेको आसपासमा रवि भवन, सोल्टी होटेल, कालीमाटी, टेकु, भोटे बहाल, त्रिपुरेश्वर, थापाथली, माइतीघर, नयाँ बानेश्वर, कोटेश्वर, जडीबुटी, लोकन्थली, कौशलटार, गठ्ठाघर, नयाँ ठिमी, राधे राधे, सल्लाघारी, सैनिक आवासीय महाविद्यालय, जिल्ला अस्पताल, क्यान्सर अस्पताल, कालोपाटी, व्यासी, सिडिओ कार्यालयदेखि भक्तपुर दरवार स्क्वायर आसपासका क्षेत्रमा सवारी आवागमन प्रभावित हुने भएको छ।

त्यस्तै आजै दिउँसो १५स्३० बजेको आसपासमा सोल्टी होटेल, कालिमाटी, टेकु, त्रिपुरेश्वर, नाग स्थान, गोश्वारा हुलाक, महांकाल, भोटाहिटी, जमल, केशरमहल, लैनचौर, साङ्ग्रिला होटेल, पानीपोखरी र शीतल निवास सम्मको सवारी आवागमन प्रभावित हुने भएको छ।

उक्त समयमा वैकल्पिक मार्ग प्रयोग गरी आफनो यात्रा सहज बनाउन चालकलाई काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस