सशस्त्रमा थपियो एआइजीको दरबन्दी « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सशस्त्रमा थपियो एआइजीको दरबन्दी


२९ भाद्र २०७९, बुधबार


काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गरेको छ । गत २१ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले सीमा सुरक्षा विभागमा एआइजीको दरबन्दी थप्ने निर्णय गरेको हो ।

हाल सशस्त्र प्रहरीमा एआइजीका दुई दरबन्दी छन् । कार्य तथा सीमा सुरक्षा विभागलाई छुट्टाछुट्टै विभाग बनाउन लागिएको हो । स्रोतका अनुसार सीमा सुरक्षा विभागको दरबन्दी संरचना पनि स्वीकृत भइसकेको छ । जसमा १ एआइजी, १ डिआइजी, १ एसएसपी, ३ एसपी, ७ डिएसपी, ८ इन्स्पेक्टरसहित ७६ जनाको दरबन्दी कायम भएको छ ।

थपिएको नयाँ दरबन्दीमा सिनियर डिआइजी वंशी दाहालको बढुवा हुने सम्भावना रहेको स्रोत बताउँछ । उनी हालका प्रहरी महानिरीक्षक राजु अर्यालकै ब्याचका हुन् । एआइजीको दरबन्दी थपिएसँगै सशस्त्रको कुल दरबन्दी ३७ हजार ५५ पुगेको छ ।

सशस्त्र प्रहरी बलमा सरकारले कहिले एआइजीको दरबन्दी कटौती गर्ने त कहिले थप गर्ने निर्णय गर्दै आएको छ । पाँच वर्षअघि शेरबहादुर देउवा नेतृत्वकै सरकारले पाँच दरबन्दी थपेर बढुवा गरेको थियो । पछि केपी ओली नेतृत्वको सरकार गठन भएपछि उनीहरूलाई राजीनामा दिन लगाई पाँच दरबन्दी कटौती गरी दुई मात्र राख्ने निर्णय भएको थियो । उता सरकारले नेपाल प्रहरीका एआइजी सहकुलबहादुर थापाको प्रहरी एकेडेमीमा सरुवा गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस