राष्ट्रपति भण्डारी र कमल थापाबीच भेट « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

राष्ट्रपति भण्डारी र कमल थापाबीच भेट


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच सोमबार भेटघाट भएको छ ।

राष्ट्रपति कार्यालय शितलनिवासमा भएको भेटका क्रम नागरिकता विधेयक र मुलुकको समसामयिक विषयमा कुराकानी भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रियसभाले पारित गरेको नागरिकता विधेयक राष्ट्रपति कार्यालयमा विचाराधीन छ  । यसअघि राष्ट्रपतिले सन्देशसहित नागरिकता विधेयक फिर्ता गर्दा थापाले समर्थन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस