नक्कली पेस्तोल देखाई लुटपाट गरेको आरोपमा दुई जना पक्राउ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

नक्कली पेस्तोल देखाई लुटपाट गरेको आरोपमा दुई जना पक्राउ


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । प्रहरीले नक्कली पेस्तोल देखाई लुटपाट गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका-६ घर भई हाल काठमाडौँको हाडीगाउँ बस्ने ४९ वर्षीय बाल सुन्दर सापकोटा र २० वर्षीय अर्जुन कार्की छन् ।

उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हाँडी गाउँबाट पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट मोबाइल, २ वटा नक्कली पेस्तोल, स्मार्ट घडी र केही नगद बरामद गरेको छ ।

उनीहरूले हामी प्रहरी हौ भन्दै पेस्तोल देखाइ लुटपाट गरेको प्रहरीको दाबी छ ।

पक्राउ परेका उनीहरूमाथि डाँका कसूरमा आवश्यक कारबाहीको लागि प्रहरी वृत्त बानेश्वरमा पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस