साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ४-० ले अघि « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा नेपाल ४-० ले अघि


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत समूह ‘बी’को अन्तिम खेलमा नेपालले पहिलो हाफमा श्रीलङ्कालाई चार-शून्यको अग्रता लिएको छ । 

दशरथ रङ्गशालामा भइरहेको खेलमा नेपालले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेको थियो । नेपालका लागि रश्मिकुमारी घिसिङले पहिलो गोल गरिन् । यस्तै ११ औँ मिनेटमा सरूँ लिम्बुले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाइन् । यस्तै खेलको १७ औँ मिनेटमा अमृता जैसी र इन्ज्युरी समयमा दीपा राईले गोल गरिन् ।

यो खेलमा नेपालले जित वा बराबरीको नतिजा निकाले पनि समूह विजेता बन्नेछ । श्रीलङ्काले भने सेमिफाइनलमा स्थान बनाउन नेपाललाई पाँच गोलको अन्तरले हराउनुपर्ने छ । नेपालले पहिलो खेलमा भुटानलाई चार-शून्य गोल अन्तरले हराएको थियो । तर भुटानले दोस्रो खेलमा श्रीलङ्कालाई पाँच(शून्य गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरिसकेको छ ।

समूह ‘ए’बाट भारत र बङ्गलादेशले अन्तिम चारमा स्थान बनाइसकेका छन् । मालदिभ्स र पाकिस्तान भने प्रतियोगिताबाट बाहिरिइसकेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस