२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राष्ट्रिय टिमकी फरवार्ड ‘साम्बा’लाई डेंगी संक्रमण

अ+ अ-

काठमाडौँ । नेपाली महिला राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’लाई डेंगी संक्रमण भएको छ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का अनुसार साम्बालाई डेंगी लागेको आइतबार पुष्टि भएको हो। उनको स्वास्थ्य अवस्था सामान्य भएकाले अस्पताल भर्ना गरिएको छैन।

काठमाडौँमा जारी महिला साफ च्याम्पियनसिपका दौरान साम्बालाई डेंगी भएपछि उनी बाँकी खेलका लागि फिट हुने शङ्का बढेको छ।

समूह ‘बी’मा रहेको नेपालले आज साँझ ५:३० बजे आफ्नो अन्तिम लिग खेलमा श्रीलङ्कासँग खेल्दैछ। बराबरी गरे समूह विजेता हुने यो खेलमा नेपालले साम्बालाई नखेलाउने बुझिएको छ।

यसअघि भुटानविरुद्धको पहिलो खेलमा नेपालले ४-० को जित निकाल्दा साम्बाले दुई गोल गरेकी थिइन्।

सेमिफाइनल पुगेको अवस्थामा नेपालले शुक्रबार खेल खेल्नेछ। सो खेलका लागि भने साम्बा फिट हुने नेपाली टिमको आसा छ।

साफको फाइनल भने अर्को सोमबार हुनेछ।

जारी साफमा समूह ‘ए’मा भारत र बङ्गलादेशले अन्तिम चारमा स्थान पक्का गरिसकेका छन्। समूह ‘बी’ बाट नेपाल र भुटान सेमिफाइनलमा पुग्ने प्रवल सम्भावना छ।

महिला साफको यसअघिका पाँच संस्करणकै उपाधि जितेको भारत यसपटक पनि बलियो दाबेदार हो।

नेपाल भने चार पटक फाइनल पुगेर पनि उपाधिबाट विमुख भएको थियो। नेपालले यसपटक घरेलु मैदानमा उपाधि जित्ने लक्ष्य बनाएको छ। जसमा नेपालको मुख्य प्रतिस्पर्धी भारत हो।

यता सुरुवाती दुई खेलमा उत्कृष्ट खेल देखाएको बङ्गलादेशले पनि नेपाललाई चुनौती दिन सक्छ। भारत समूह विजेता भएको अवस्थामा नेपालले बङ्गलादेशसँग सेमिफाइनलमा भिड्ने पर्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस