नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै प्रदर्शन गर्नेहरू पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै प्रदर्शन गर्नेहरू पक्राउ


२७ भाद्र २०७९, सोमबार


काठमाडौँ । नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरणको माग गर्दै माइतीघरमा प्रदर्शन गरेका प्रदर्शनकारी पक्राउ परेका छन् ।

नेकपा एकीकृत समाजवादीको भ्रातृ सङ्गठन लोकतान्त्रिक मधेसी सङ्गठनको अगुवाइमा भएको प्रदर्शनमा बल प्रयोग गरी प्रहरीले अध्यक्ष देव शर्मासहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

आफूहरूले प्रदर्शन सुरु गरेपछि प्रहरीले सल्लाह गर्नुछ भन्दै सिंहदरबार प्रहरी वृत्तमा ल्याएको अध्यक्ष शर्माले बताए । उनीसँगै प्रहरीले लोकतान्त्रिक मधेसी सङ्गठनमा आबद्ध इन्द्रजित साफी, एमडी राज र परवेज आलमलाई पनि नियन्त्रणमा लिएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता विधेयक हाल राष्ट्रपति कार्यालयमा विचाराधीन अवस्थामा छ । उक्त विधेयक छिटो प्रमाणीकरणको माग गर्दै माइतीघरमा प्रदर्शन भएको हो ।

सोमबार नै नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै जनकपुरमा पनि प्रदर्शन भएको छ । त्यस क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस