२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उच्च पहाडी जिल्लामा बढ्न थाले डेंगु संक्रमित

अ+ अ-

कञ्चनपुर । सुदूरपश्चिमका उच्च पहाडी जिल्लामा पनि डेंगु संक्रमित बढ्न थालेका छन्।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कार्यक्रम सम्पर्क व्यक्ति हेमराज जोशीका अनुसार प्रादेशिक र जिल्ला अस्पतालमा उपचारका लागि पुगेका १७९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ।

उच्च पहाडी जिल्ला बाजुरामा आठ, दार्चुलामा ३६, बझाङमा आठ, अछाममा १५ र बैतडीमा नौ जनामा डेंगुका बिरामी देखा परेको छ । यसै गरी डोटीमा १५, कैलालीमा ५४ र कञ्चनपुरमा ३४ जनामा डेंगु देखा परेको छ ।

‘पहाडी क्षेत्रमा पहिला डेंगु, मलेरियालगायतका लामखुट्टेले सार्ने रोग देखिने गरेका थिएनन्’, सम्पर्क व्यक्ति जोशीले भने, ‘पहाडी क्षेत्रमा सडकको व्यवस्था भएसँगै यातायातका साधनको चहलपहल बढ्न थाल्यो, त्यसमै लामखुट्टेसमेत भित्रिन थाले, त्यसमाथि जलवायु परिवर्तनको असरसमेत पर्‍यो।’ पहाडी क्षेत्रमा विशेष गरी खोँच, उपत्यका, नदी तथा खोलामा बढी न्यानो हुने ठाउँमा लामखुट्टे बढी पाइने उनले बताए।

‘स्वास्थ्य निर्देशनालयले डेंगु नियन्त्रणका लागि खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई प्रशिक्षण दिएको छ’, जोशीले भने, ‘आवश्यक जाँचका लागि किट उपलब्ध गराउने कार्य गरिरहेको छ। पहाडीसहित तराईका जिल्लामा जनचेतना फैलाउने कार्यसँगै डेंगु सार्ने लामखुट्टेका लार्भा नष्ट गर्ने अभियानसमेत सञ्चालन गरिएको छ।’

उनका अनुसार डे्रगुको सङ्क्रमण जेठदेखि असोजसम्म बढी देखिने गरेको छ। त्यसपछि बिस्तारै घट्दै जान्छ। दुई–तीन वर्षअघिदेखि मात्रै डेंगुको सङ्क्रमणबाट बिरामी हुनेको संख्या बढेको गएको छ। त्यसअघि डेंगुको संक्रमण सुदूरपश्चिममा निकै कम थियो।

प्रतिक्रिया दिनुहोस