पाल्पामा पशु सेवा क्षेत्रमा ७ करोड बजेट : दूध, मासु र अण्डामा आत्मनिर्भर « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पाल्पामा पशु सेवा क्षेत्रमा ७ करोड बजेट : दूध, मासु र अण्डामा आत्मनिर्भर


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । पाल्पा जिल्लामा पशु सेवाका लागि ७ करोड बजेट परेको छ । भेटेरिनरी तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै उक्त रकम विनियोजन भएको जनाएको हो ।

पशु सेवा विज्ञ केन्द्र पाल्पाको चालु आर्थिक वर्षको कार्यक्रममा कृषि, उत्पादन, खाद्य तथा पोषण सुरक्षा कार्यक्रममा ९० लाख ७५ हजार, पशुपन्छी पर्यटन प्रवर्द्धन मार्फत आयआर्जन सहयोगमा २ लाख, बङ्गुर पालन कार्यक्रमका लागि १० लाख, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान ३० लाख, ग्रामीण क्षेत्रमा कुखुरा पालनका लागि १० लाख, डेरी तथा मासु पसल सुधारमा ८ लाख, अनुगमन मूल्याङ्कनमा ७५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । यस्तै, स्मार्ट कृषि कार्यक्रममा १ करोड १४ लाख, मत्स्य विकास कार्यक्रमका लागि ५ लाख ९५ हजार, कृषि तथा पशुपन्छी श्रोत तथा प्रविधि सेवा टेवा कार्यक्रमलाई १ करोड ८६ लाख २ हजार, पशुपन्छी विकास तथा पशु स्वास्थ्य नियमन कार्यक्रमलाई ३३ लाख ८० हजार र गाईको व्यावसायिक उत्पादन केन्द्र ब्लक कार्यक्रमका लागि संघीय सरकारमार्फत ३३ लाख रुपैयाँ बजेट रहेको कार्यालय प्रमुख डा.चन्द बहादुर रानाले बताए ।

कार्यालयले चालु आर्थिक वर्षमा कृषकसँग कृषिमन्त्री कार्यक्रमका लागि ७ लाख ५० हजार, तिनाउ गाउँपालिकामा बङ्गुर स्रोत केन्द्र स्थापनाका लागि ४ लाख, तानसेन र माथागढीमा बाख्रा, बङ्गुरको व्रिडर हर्ड स्थापनाका लागि ८ लाख, मागमा आधारित व्यावसायिक कृषि तथा पशुपन्छी विकास कार्यक्रमका लागि ३० लाख, पशु बाझोपन निवारण सेवाका लागि ६ लाख, पशु स्वास्थ्य तथा उपचार खोप सेवाका लागि ६ लाख, प्रयोगशाला सेवाका लागि ४ लाख, पशु स्वास्थ्य शिविरका लागि २ लाख ५० हजार, सामुदायिक प्रजनन केन्द्र स्थापनाका लागि ५ लाख बजेट रहेको कार्यालय प्रमुख रानाले जानकारी दिए ।

माछा पालनका लागि नयाँ पोखरी निर्माण गर्न ५ लाख, तानसेन नगरपालिका–७ मा गौशाला निर्माणका लागि १० लाख, बगनासकाली-८ बराङ्दीमा गाई भैंसी प्रवर्द्धनका लागि १० लाख, पशुपन्छीको खोप अभियानका लागि २० लाख रुपैयाँ सहितका बजेटका कार्यक्रम सञ्चालन हुने कार्यालयका पशु प्राविधिक युवराज ज्ञवालीले बताए । पाल्पा दूध, मासु र अण्डामा आत्मनिर्भर भई बाहिरी जिल्लामा समेत निर्यात हुँदै आएको छ । पाल्पामा गत वर्षमात्र ५२ हजार ५९८ मेट्रिक टन दूध उत्पादन भएको कार्यालयका सूचना अधिकारी डा.नवीन बस्यालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस