रक्सी खाएर गाडी चलाउने स्कुल बस चालकमाथि कारबाही « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

रक्सी खाएर गाडी चलाउने स्कुल बस चालकमाथि कारबाही


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ उपत्यकामा स्कुल बस चलाउने चालकले पनि जाँडरक्सी खाएर गाडी चलाउने गरेको पाइएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकलाई आइतबार कारबाही गरेको छ ।

बिहान साढे ५ बजेदेखि साढे ८ बजे सम्म गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन् । कारबाहीमा पर्नेमा प्रदेश ३(०१(००३ क ५७४७ नम्बरको आईएसएल कलेज ज्ञानेश्वरका बस चालक धनकुमार लामा र  बा २१ च ६६०९ नम्बरको  प्रोमिनेट कलेज नेपालटारका माइक्रो बस चालक भीमनारायण श्रेष्ठ रहेका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

चेकिङको क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने ६ जना स्कुल बसका चालक समेत कारबाहीमा परेका  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

मदिरा पिएर स्कुल बस चलाउने चालकलाई नियन्त्रणमा लिएर कारबाही गरी सम्बन्धित स्कुललाई जानकारी गराई अर्को चालक मार्फत विद्यार्थीहरूलाई गन्तव्यमा पठाइएको भट्टले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस