देशभर थप १०४ जनामा कोरोना संक्रमण, दुईको मृत्यु « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

देशभर थप १०४ जनामा कोरोना संक्रमण, दुईको मृत्यु


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आइतबार १५२ जनामा संक्रमण पुष्टि भएको हो। 

३ हजार ५८७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

एक हजार ५९२ जनाको पिसिआर र एक हजार ९९५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर २३१६ जना सक्रिय संक्रमित छन्।

२०१ जना संक्रमित निको समेत भएका छन्। कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस