महालक्ष्मी विकास बैङ्कद्वारा जेहेन्दार छात्रवृत्ति वितरण « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

महालक्ष्मी विकास बैङ्कद्वारा जेहेन्दार छात्रवृत्ति वितरण


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । महालक्ष्मी विकास बैङ्कले धनगढीस्थित श्री त्रिनगर माध्यामिक विद्यालय कक्षा नौ मा अध्ययनरत छात्रा हिरा जोशीलाई नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ । 

विभिन्न सातवटा वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैङ्कको एक महत्त्वपूर्ण संस्था मालिका विकास बैङ्कका संस्थापक अध्यक्ष स्व। नवराज बहादुर सिंहको स्मृतिमा सो छात्रवृत्ति स्थापना गरिएको थियो ।

छात्रवृत्ति धनगढी शाखाका शाखा प्रमुख झङ्कार बहादुर कडायतले हिरा जोशीलाई हस्तान्तरण गरेका हुन् ।  अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले हिराको अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यले पचास हजार बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैङ्कले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस