नगर प्रहरीले गौशाला-सिनामंगल क्षेत्रका अवैध संरचना हटाउँदै « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नगर प्रहरीले गौशाला-सिनामंगल क्षेत्रका अवैध संरचना हटाउँदै


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीको टोलीले आज गौशाला–सिनामंगल क्षेत्रका अवैध संरचना हटाउने भएको छ । बानेश्वर हुँदै गौशाला–सिनामंगल क्षेत्रमा पुग्ने कार्यतालिका रहेको नगर प्रहरीले जनाएको छ ।

महानगरको नगर प्रहरी प्रमुख एसपी राजुनाथ पाण्डेका अनुसार पशुपति क्षेत्रका केही अवैध संरचना हटाइसकिएको छ ।

मेयर बालेन्द्र शाह ९बालेन०को निर्देशनमा दैनिक कार्ययोजनाअन्तर्गत काम भइरहेको एसपी पाण्डेले बताए ।

यही भदौ ६ गते नयाँ बानेश्वर क्षेत्रबाट अवैध संरचना हटाउन सुरु गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस