सरकारले दियो सहकारी संस्थालाई आयकरमा छुट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सरकारले दियो सहकारी संस्थालाई आयकरमा छुट


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । सरकारले सहकारी संस्थाहरूको आयकर घटाएको छ । अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै आर्थिक ऐन २०७९ का विभिन्न प्रावधानलाई परिवर्तन गरेको जनाएको छ । जसमध्ये सहकारी संस्थाले कर छुट हुने कारोबार बाहेकको कारोबार गरेमा लाग्ने आयकर घटाइएको हो ।

अर्थ मन्त्रालयका अनुसार अब नगरपालिका क्षेत्र भित्र सञ्चालनमा रहेका सहकारीले ५ प्रतिशत मात्र आयकर तिरे पुग्नेछ ।

यसअघि यस्तो करको दायरा ७.५ प्रतिशत थियो । उपमहानगरपालिका भित्र सञ्चालित सहकारीको हकमा आयकरको सीमा ७ प्रतिशतमा झारिएको छ । यसअघि यो प्रावधान १० प्रतिशतको थियो ।

महानगरपालिका भित्र सञ्चालित सहकारीका लागि १० प्रतिशत आयकर लाग्ने छ । यसअघि यो १५ प्रतिशत कायम रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस