नागरिकता विधेयक रोकेको भन्दै राष्ट्रपतिको पुत्ला दहन प्रयास, नेविसंघ र प्रहरीबिच झडप « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नागरिकता विधेयक रोकेको भन्दै राष्ट्रपतिको पुत्ला दहन प्रयास, नेविसंघ र प्रहरीबिच झडप


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेको भन्दै राष्ट्रपति विद्या भण्डारीविरुद्ध नेपाली काँग्रेसनिकट विद्यार्थी संगठनले प्रदर्शन गरेको छ ।

नेविसंघले आज बिहान त्रिचन्द्र क्याम्पसअगाडि राष्ट्रपति विद्यादेवि भण्डारीको पुत्ला दहनको प्रयास पनि गरेको थियो ।

विद्यार्थीले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । उनीहरूले प्रहरीमाथि ढुंगा मुढा समेत गरेका थिए ।

प्रहरीले बल प्रयोग गरेर विद्यार्थीलाई तितरबितर पार्ने क्रममा ठाउँठाउँमा झडप पनि भएको थियो । विद्यार्थीको प्रदर्शनपछि सवारीसाधनको आवागमन रोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस