त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबिच ढुङ्गामुढा « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबिच ढुङ्गामुढा


२६ भाद्र २०७९, आइतबार


काठमाडौँ । काठमाडौँको त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबिच ढुङ्गा हानाहान भएको छ।

आज १० बजेदेखि नेविसंघ र प्रहरीबिच ढुङ्गा हानाहान भएको हो।

नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्न ढिलाइ गरेकोमा नेविसंघले पुत्ला दहन गरेको थियो। सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुङ्गा प्रहार गरेको थियो।

संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि नागरिकता विधेयक राष्ट्रपतिकहाँ पुगेको छ।

राष्ट्रपतिले दोस्रो पटक प्रमाणीकरणका लागि पुगेको नागरिकता विधेयक अहिलेसम्म पारित नगरी शीतल निवासमा विभिन्न व्यक्तिहरूसँग भेला गरेकोमा नेविसंघले आपत्ति जनाएको छ।

नेविसंघ त्रिचन्द्रका नेता नारायण पाण्डेले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण हुनुपर्ने बताए। लाखौँ मानिस नागरिकताविहीन रहेको भन्दै उनले संसदबाट पारित विधेयक राष्ट्रपतिले संविधानअनुसार पारित गर्नुपर्ने बताए।

Tags :
प्रतिक्रिया दिनुहोस