राष्ट्रपति बाइडेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

राष्ट्रपति बाइडेन महारानी एलिजाबेथको अन्त्येष्टिमा सहभागी हुने


२५ भाद्र २०७९, शनिबार


काठमाडौँ । अमेरिकाका राष्ट्रपति जो बाइडेन बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको अन्त्येष्टिमा सहभागी हुने भएका छन्। पत्रकारहरूको जिज्ञासाको जवाफमा अमेरिकी राष्ट्रपतिले महारानीको अन्त्येष्टिमा सहभागी हुने घोषणा गरेका हुन्।

बेलायतका राजा चाल्र्स तृतीयसँग आफूले हालसम्म कुराकानी नगरेको उनले बताए।

‘म उहाँलाई चिन्छु तर उहाँसँग कुरा गरेको छैन। मैले उहाँलाई अहिलेसम्म फोन पनि गरेको छैन’, ओहायोको कोलम्बसमा एयर फोर्स वानमा सवार हुनुअघि उनले पत्रकारहरू माझ भने।

राष्ट्रपतिसँग औपचारिक प्रतिनिधिमण्डल पनि लण्डन जाने सम्भावना रहेको अमेरिकी प्रसारण संस्था केबल न्युज नेटवर्कले जनाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस