नवौँ राष्ट्रिय खेलकुद : लगातार वर्षाले प्रभावित बन्दै पुरुष क्रिकेटका खेल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

नवौँ राष्ट्रिय खेलकुद : लगातार वर्षाले प्रभावित बन्दै पुरुष क्रिकेटका खेल


२५ भाद्र २०७९, शनिबार


काठमाडौँ । आगामी २८ असोजबाट औपचारिक सुरुवात हुने नवौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट इभेन्ट सुरुवात भइसकेको छ। तर, वर्षाका कारण ९ मध्ये ८ खेल रद्द भएका छन्।

पहिलो दिन एनआरएनए र सुदूरपश्चिममको एकमात्र खेल ६ ओभरमा घटाएर पुरा गरिएको छ। बाँकी खेल लगातार रद्द हुँदै आएका छन्।

कीर्तिपुरस्थित टियु मैदानमा शनिबार वर्षाको कारण मैदान खेल्न योग्य नभएपछि प्रदेश १ र एपीएफबीचको खेल पनि रद्द गरियो। टससमेत नभइ खेल रद्द भएपछि दुबै टिमले १/१ अंक बाँडे।

समूह ‘बी’ मा रहेको एपिएफले २ खेलमा २ अंक जोडेको छ। एपिएफ तेस्रो स्थानमा रहेको छ।

त्यस्तै, प्रदेश १ ले २ खेलमा समान २ अंक जोडेर चौथो स्थानमा रहेको छ। अहिलेसम्म मधेस प्रदेश र गण्डकी, बागमती र प्रदेश नम्बर एक, लुम्बिनी र कर्णाली, एनआरएनए र एपिएफ, नेपाल पुलिस क्लब र मधेस प्रदेश, सुदूरपश्चिम र बागमती, त्रिभुवन आर्मी र कर्णाली र प्रदेश नम्बर एक र एपिएफबीचको खेल स्थगित भइसकेको छ।

शनिबार नै टियु मैदानमा गण्डकी र त्रिभुवन आर्मी तथा मुलपानी मैदानमा लुम्बिनी र मधेस प्रदेशको खेल हुने कार्यतालिका रहेको छ।

प्रतियोगितामा तीन विभागीय र सात प्रदेश तथा एनआरएनको टोली गरी ११ टोलीको सहभागिता रहेको छ। सहभागी ११ टोलीलाई दुई समूहमा विभाजन गरी प्रतियोगिताको आयोजना गरिँदै छ।

Tags :
प्रतिक्रिया दिनुहोस