प्रधानमन्त्री देउवा मृगौलापीडित भेट्न नर्भिक पुगे « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

प्रधानमन्त्री देउवा मृगौलापीडित भेट्न नर्भिक पुगे


२५ भाद्र २०७९, शनिबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा शनिबार थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटल पुगेका छन्।

लामो समयदेखि मृगौलाबाट पीडित भई हाल नर्भिक इन्टरनेसनल हस्पिटलमा उपचाररत धनगढीका स्थायीबासी नरबहादुर बलायरलाई भेट्न प्रम देउवा पुगेका हुन्।

शनिबार ११ः३७ मा नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री देउवाले बलायरको स्वास्थ्य अवस्था र उपचारपछि भइरहेको प्रगति लगायतको विषयमा चासो दिएका थिए।

करिब ५ मिनेट बलायर र उनका आफन्त तथा उपचारमा संलग्न चिकित्सक टिमसँग कुरा गरी प्रम देउवा फर्किएका थिए।

धनगढीका ८१ वर्षीय बलायर दुवै मृगौलामा समस्या भई केही दिनअघिदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत छन्।

Tags :
प्रतिक्रिया दिनुहोस