‘नेपाल राजनीति र सामाजिक संक्रमणबाट गुज्रिरहेको छ’ « प्रशासन
Logo २९ बैशाख २०८१, शनिबार
   

‘नेपाल राजनीति र सामाजिक संक्रमणबाट गुज्रिरहेको छ’


२५ भाद्र २०७९, शनिबार


काठमाडौँ । कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष एवं प्रबन्ध निर्देशक कैलाश सिरोहियाले नेपाल एक पछि अर्को राजनीति र सामाजिक संक्रमणबाट गुज्रिरहेको बताएका छन् ।

तेस्रो कान्तिपुर कन्क्लेभमा सहभागीहरूलाई स्वागत गर्दै शनिबार अध्यक्ष सिरोहियाले लामो शासकीय अस्थिरता भोगेको नेपाल एकपछि अर्को राजनीतिक र सामाजिक संक्रमणबाट गुज्रिरहेको बताएका हुन् ।

यी संक्रमणकाबाट बाबजुत भर्खरै भएको स्थानिय निर्वाचनले केही नयाँ संकेतहरू दिएको बताए । स्थानीय तह निर्वाचनले नयाँ पुस्ताका नयाँ आकांक्षालाई पनि प्रतिविम्बित गरेको उनले बताए ।

अध्यक्ष सिरोहियाले नयाँ संवैधानिक व्यवस्था कायम गरेयता नेपाल अब दोस्रो संघीय र प्रादेशिक निर्वाचनको संघारमा रहेको र यो लोकतान्त्रिक अभ्यासलाई दह्रो बनाउने र नेपालमा अभिशापका रुपमा रहेको निरन्तरको अस्थीरतालाई अन्त्य गर्ने अवसर रहेको बताए ।

कान्तिपुर कन्क्लेभले सामुन्नेका संकटहरुबारे बुझ्ने, बुझाउने र त्यसलाई पार लगाउने उपायहरू पहिल्याउन सघाउने विश्वास व्यक्त गर्दै उनले कन्क्लेभले अहिले मुलुकमा भइरहेका सकरात्मक पहल र उत्प्रेरणाका प्रेरणादायी दृष्टान्तहरुलाई पनि सार्वजनिक बहसमा ल्याउन कोसिस गर्ने बताए ।

कान्तिपुर कन्क्लेभ कुनै पनि अपेक्षा र घेरामा सीमित नरहने मानवीय आकांक्षालाई पनि प्रतिबिम्बित गर्ने अध्यक्ष सिरोहियाले बताए ।

कान्तिपुर मिडिया ग्रुपले हरेक वर्ष गर्ने कान्तिपुर कन्क्लेभको मुख्य उद्देश्य देशको आर्थिक र सामाजिक उन्नति तथा रूपान्तरणका विविध विषयमा देशभित्र र बाहिरका विज्ञहरूबीच सघन विमर्श र त्यसले एउटा दिशानिर्देश गरोस् भन्ने पनि रहेको अध्यक्ष सिरोहियाको भनाइ थियो ।

कन्क्लेभमा राजनीति, भूराजनीति, अर्थतन्त्र, ऊर्जा, जलवायु परिवर्तन, लैंगिक समानता, डिजिटल ट्रान्सफर्मेसन, सफ्ट पावर, सार्वजनिक संवाद, गीत–संगीतजस्ता बिषयहरुमाथि छलफल हुने उनले विश्वास व्यक्त गरे ।

कन्क्लेभमा १२ वटा सेसनलाई विभिन्न क्षेत्रका ५२ जना वक्ताहरुले सम्बोधन गर्दैछन् । यो कार्यक्रमले नेपाल र नेपालीलाई विश्व समुदायसँग जोड्ने, वर्तमान र भविष्यका सरोकारमा गहन विषयमा छलफल गर्ने अधयक्ष सिरोहियाले विश्वास व्यक्त गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस