सत्ता गठबन्धनको बैठक बस्दै, कार्यदलको प्रतिवेदनमाथि छलफल हुने « प्रशासन
Logo ३ जेष्ठ २०८१, बिहिबार
   

सत्ता गठबन्धनको बैठक बस्दै, कार्यदलको प्रतिवेदनमाथि छलफल हुने


२४ भाद्र २०७९, शुक्रबार


काठमाडौँ । सत्ता गठबन्धनको शीर्ष नेतृत्वको बैठक आज पनि बस्ने भएको छ । बैठकमा सिट बाँडफाँडबारे कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।

कार्यदलको प्रतिवेदनको अध्ययन पछि शीर्ष नेतृत्वले थप छलफल गरेर सिटको भागबण्डाको संख्यालाई अन्तिम रूप दिने बताइएको छ । कार्यदलले बिहीबार शीर्ष नेतालाई आफ्नो प्रतिवेदन बुझाएको थियो । सो प्रतिवेदनमा सिट संख्या भने तोकिएको छैन ।

कार्यदलले गठबन्धनबीच सिटबारे सहमति जुटेको क्षेत्र र नजुटेको क्षेत्रसमेत समेटेर प्रतिवेदन तयार गरी बुझाएको बताइएको छ । सिट संख्यामा भने कार्यदलमा पनि सहमति जुट्न सकेको थिएन ।

Tags :
प्रतिक्रिया दिनुहोस