संस्कृत विश्वविद्यालयमा फेरि लाग्यो ताला « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

संस्कृत विश्वविद्यालयमा फेरि लाग्यो ताला


२३ भाद्र २०७९, बिहिबार


दाङ । दाङको बेलझुण्डीस्थित संस्कृत विश्वविद्यालयमा फेरि ताला लागेको छ ।

ताला खुलेको महिनादिन नपुग्दै विश्वविद्यालयको केन्द्रीय कार्यालयमा बुधवार पुन : ताला लागेको हो। विश्वविद्यालयको आयुर्वेद संकाय तर्फ ९ औं ब्याजमा अध्ययनरत विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा ताला लगाएका छन्। तालाबन्दी गर्नुका साथै उनीहरुले विश्वविद्यालयमा तोडफोड समेत गरेका छन् ।

आन्दोलनरत विद्यार्थीहरुले उपप्रध्यापक नियुक्ति, केन्द्रीय आयुर्वेद विद्यापिठमा ओपीडीसहितको अस्पताल तत्काल सञ्चालन गर्नुपर्ने, इन्टर्नसिपका लागि क्याम्पसले गरेको सम्झौता अनुरुप भत्ताको व्यवस्था गर्नुपर्ने लगायत २१ वटा माग राखेका छन्।

यसअघि पनि विश्वविद्यालय लामो समय तालाबन्दीको मारमा परेको थियो। नेविसंघले विश्वविद्यालयमा उपप्रध्यापक नियुक्ति लगायतको माग राख्दै १०० दिन तालाबन्दी गरेको थियो। वैशाख १९ गतेदेखि लगाएको ताला उच्च अदालतको अन्तरिम आदेशपछि मात्र नेविसंघले साउन २५ गते ताला खोलेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस