देउवाको प्रश्न-यो देशको दुर्गती हुनुमा नेतामात्रै हो कि कर्मचारी पनि जिम्मेवार हो ? « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

देउवाको प्रश्न-यो देशको दुर्गती हुनुमा नेतामात्रै हो कि कर्मचारी पनि जिम्मेवार हो ?


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीको सहयोगविना कुनै पनि देशले काम गर्न नसक्ने बताएका छन्।

नेताहरू चुनाव जितेर सरकारमा आउने र निश्चित समय बस्ने तर कर्मचारी स्थायी सरकारका रूपमा लिइने पनि उनले बताए।

‘जनताले भोट हाले भने हामी सरकारमा आउने हो। यो देशको दुर्गती हुनुमा जिम्मेवार को हो ? नेता मात्रै हो कि कर्मचारीतन्त्र (ब्युरोक्रेसी) पनि हो ?,’ निजामती सेवा दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा देउवाले भने।

उनले कर्मचारीको सहयोगविना देशमा काम नहुने बताए। उनले कर्मचारीहरू दुर्गममा खटायो भने काम गर्न नजाने पनि बताए।

जनताको सबैभन्दा अगाडि भएर काम गर्ने कर्मचारी भएकोले कर्मचारीले गुणस्तरीय सेवा दिनुपर्ने उनले बताए।

कर्मचारीकै सहयोगबाट नै समग्र मुलुकको विकासको काम अघि बढ्ने उनले बताए। कर्मचारीले सहयोग नगर्दासम्म मुलुकको विकास हुन नसक्ने उनले बताए।

‘कर्मचारीहरु स्थायी सरकार हो। मुलुक बनाउने तपाईहरुको हातमा रहेको छ,’ उनले भने।

Tags :
प्रतिक्रिया दिनुहोस