राष्ट्रपतिले बोलाइन् पुर्वसुरक्षा अधिकारीहरूलाई छलफलमा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपतिले बोलाइन् पुर्वसुरक्षा अधिकारीहरूलाई छलफलमा


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व सुरक्षा अधिकारीहरूलाई छलफलका लागि बोलाएकी छिन् ।

राष्ट्रपति कार्यालयबाट भोलि (बिहीबार) छलफलका लागि उपस्थित हुन निम्ता आएको नेपाल प्रहरीका एक जना पूर्व आइजिपीले बताए ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसदमै फिर्ता गर्नुअघि पनि पूर्व सुरक्षाकर्मीसहित विभिन्न क्षेत्रका व्यक्तिसँग छलफल गरेकी थिइन् । त्यो नागरिकता विधेयकलाई संसदले फेरि हुबहु पारित गरेर प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा पठाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस