चोभार-टौदह सडकखण्ड स्थानीयद्धारा अवरूद्ध « प्रशासन
Logo ३१ बैशाख २०८१, सोमबार
   

चोभार-टौदह सडकखण्ड स्थानीयद्धारा अवरूद्ध


२२ भाद्र २०७९, बुधबार


काठमाडौँ । जीर्ण सडकले जनजीवन कष्टकर बन्दा पनि मर्मतमा चासो नदिएको भन्दै स्थानीयले चोभार-जलविनायक-टौदह सडकखण्ड अवरूद्ध पारेका छन् ।

हेटौँडातर्फबाट आएका सवारी साधनहरु चोभारबाट अगाडि बढ्न सकेका छैनन् ।

बागमती प्रदेशको राजधानी हेटौँडा र काठमाडौँ आउ-जाउ गर्ने मुख्य सडक जीर्ण बन्दा यात्रा कष्टकर बनेको छ । साथै पानी पर्दा हिलो र घाम लाग्दा धुलो उडेर स्थानीयवासी हैरान छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस