२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बहुविवाह आरोपित पूर्वअध्यक्ष राईविरुद्ध पक्राउ पुर्जी जारी

अ+ अ-

काठमाडौँ । बहुविवाहको आरोप लागेका भोजपुरको साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष महेश राईविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धले भदौ १३ गते उजुरी दर्ता गरेपछि जिल्ला अदालत काठमाडौँले सोमबार आरोपितविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । तर, ६ महिनासम्म वृत्तले उजुरी लिन मानेको थिएन ।

११ दिनको फरकमा दुई विवाह गरेको प्रमाण फेला परेपछि महेशविरुद्ध पत्नी हिमालय राईले गत फागुनयता जाहेरी दिन प्रहरी कहाँ धाइरहेकी थिइन् । चैत ११ गते उनले महानगरीय प्रहरी वृत्त बौद्ध, महानगरीय प्रहरी वृत्त (महिला सेल) कालीमाटी, महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ र सोही कार्यालयका सहन्यायाधिवक्ता गंगाप्रसाद पौडेलविरुद्ध उच्च अदालत पाटनमा रिट हालेकी थिइन् ।

साढे तीन महिनापछि असार २९ गते उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज चन्द र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले पीडितको रिटमा फैसला गर्दै ‘जाहेरी दर्ता गरी आवश्यक कारबाही गर्नू’ भनी विपक्षीहरूमा नाममा परमादेश जारी गर्‍यो । यसपछि मात्रै महानगरीय प्रहरी वृत्त बौद्धले भदौ १३ गते बहुविवाहविरुद्धको उजुरी दर्ता गरेको हो ।

पक्राउ पुर्जी जारी भइसकेकाले तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न पीडित पक्षको माग छ ।

प्रतिक्रिया दिनुहोस